बलिउड अभिनेता आमिर खान नेपाल आइपुगेका छन् ।
स्रोतका अनुसार खान बिहान १० बजे भिस्तारा एयरलाइन्सको उडानबाट काठमाडौं आइपुगेका हुन् । उनी काठमाडौंको बाहिरी भागमा रहेको ध्यानस्थलमा गएको बताइएको छ ।
आमिर खान बलिउडका सबैभन्दा लोकप्रिय अभिनेताहरू मध्ये एक हुन्, जो आफ्नो बहुमुखी अभिनय कौशल र गुणस्तरीय सिनेमाप्रतिको आफ्नो प्रतिबद्धताका लागि परिचित छन् ।
उनका लोकप्रिय चलचित्र लगान, ३ इडियट्स, पीके, दिल चाहता है, रंग दे बसन्ती लगायतका छन् ।


















प्रतिक्रिया दिनुहोस्