जजिरा एयरवेजले फेरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान रोकेको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 12, 2023 12-May-2023, Fri
1 Min Read
Aa
jazeera airways

जजिरा एयरवेजले लुम्बिनीको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान स्थगित गरेको छ ।

जजिराले भैरवा-कुवेत उडान करिब ३ सातादेखि बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्राचार्यका अनुसार एयरवेजले आन्तरिक कारणले उडान रोकेको जनाएको छ ।

उनले भने,” जजिराले करिब तिन हप्ताको लागि उडान रोकेको छ, यस बिचमा तत्काल उडान सुचारु हुने बताइएको छ, तर आहिले सम्म उडान सुचारु भने भएको छैन ।”

यो विमानस्थलले व्याव्साहिक संचालन सुरु गरेदेखि नै कुवेतमा जजिराले सातामा तिन उडान गर्दै आएको छ । यसैबीच जजिराले केहि महिना अघि विभिन्न कारण देखाउदै उडान बन्द गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja