सरकारले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 17, 2023 17-May-2023, Wed
1 Min Read
Aa
bus

सरकारले आजदेखि लामो दुरीको भाडा घटाएको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य घटाएपछि यस्तो निर्णय भएको हो । डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ ।

डिजेलको मूल्य घटेसँगै यातायात भाडामा ३ दशमलव २० प्रतिशतले घटेको छ । त्यस्तै पहाडी सडकमा सञ्चालित मालबाहक सवारी साधनको भाडा ४ दशमलव १९ प्रतिशतले घटेको छ ।

तराई मार्गमा सञ्चालित मालबाहक सवारी साधनको भाडा ४ दशमलव ६५ प्रतिशतले घटेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja