च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटी इन्टर मिलानसँग भिड्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 18, 2023 18-May-2023, Thu
1 Min Read
Aa
सिटी भर्सेस इन्टर

म्यानचेस्टर सिटीले सन् २०२३ को च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानको सामना गर्नेछ ।

सिटीले बुधवार राति इतिहादमा भएको सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडलाई ४-० ले हराउँदै समग्रमा ५-१ को जित निकाल्दै यस सिजनको शोपीस इभेन्टमा आफ्नो स्थान पक्का गरेको छ ।

यसैबीच मंगलबार सम्पन्न सेमिफाइनल खेलमा इन्टरले एसी मिलानलाई समग्रमा ३–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यस वर्षको च्याम्पियन्स लिगको फाइनल आइतबार बिहान २८ जेष्ठ टर्कीको इस्तानबुलको अतातुर्क ओलम्पिक स्टेडियममा हुनेछ, जुन ००:४५ (नेपाल) मा किक अफ हुने तालिका छ ।

२०२१मा पहिलो उपस्थिति पछि सिटी फाइनलमा पुगेको यो दोस्रो पटक हुनेछ जब त्यसबेला चेल्सीसँग १-० ले पराजित भएको थियो । यस बीचमा इन्टर युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित टूर्नामेंटको तीन पटक विजेता हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja