चालु आर्थिक वर्ष २०२२/२३ को पहिलो १० महिनामा काठमाडौं उपत्यकामा बैंकिङ ठगी र वित्तीय अपराधका ५ हजार ३१२ उजुरी परेका छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी बैंकिङ ठगी र वित्तीय अपराधका मुद्दा दर्ता भएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा दर्ता भएका ९ हजार २ सय ५६ मुद्दामध्ये आधाभन्दा बढी बैंकिङ ठगी र वित्तीय अपराधका रहेको बताए ।
पछिल्लो समय बैंकिङ ठगी र वित्तीय अपराधका अधिकांश मुद्दा चेक बाउन्स, डलर साट्ने र चिठ्ठासँग सम्बन्धित रहेको उनले बताए ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले काठमाडौं प्रहरी परिसरमा दैनिक ३५ देखि ४० वटा बैंकिङ ठगी र वित्तीय अपराधका मुद्दा दर्ता हुने गरेको बताए ।
उनले पछिल्लो समय काठमाडौं उपत्यकामा बैंकिङ ठगी र संगठित तथा वित्तीय अपराधका घटना बढेको बताए ।


















प्रतिक्रिया दिनुहोस्