काठमाडौंमा हेरिटेज टुर बस सेवा सुरु भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 24, 2023 24-May-2023, Wed
1 Min Read
Aa
heritage tour bus

काठमाडौं उपत्यकाका प्रमुख सम्पदा क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबारदेखि हेरिटेज टुर बस सेवा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

बस सेवाले पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूनाथ जस्ता युनेस्को विश्व सम्पदा क्षेत्रहरूलाई जोड्ने लक्ष्य राखेको छ ।

मंगलबार पाटन दरबार स्क्वायरबाट सुरु भएको उक्त सेवाको परिक्षण मन्त्री सुदन किरातीले उद्घाटन गरेका हुन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja