नेपाली सेनाले यस वर्ष सफाई हिमाल अभियान अन्तर्गत विभिन्न हिमालबाट ३५ हजार ७ सय किलो फोहोर संकलन गरेको छ ।
अप्रिलको पहिलो सातादेखि सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुणसे हिमालमा अभियान संचालन गरिएको थियो ।
अभियानको सफल समापनको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले अभियानमा संलग्न टोलीका लिडर तथा नेपाली पर्वातारोहण पदप्रदर्शकहरुलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
नेपाली सेना मुख्यालयमा आयोजित समापन समारोहमा शर्माले हिमाल आरोहणबाट फर्किने क्रममा मृत्यु भएका फुर्वा शेर्पा र अङ्कामि शेर्पाका बालबालिकाको शिक्षाको खर्च नेपाली सेनाले व्यहोर्ने घोषणा पनि गरे ।
अभियानको क्रममा बिरामी परेका ६ जना मध्ये ४ जनाको आहिले भारतको मुम्बईमा उपचार भैरहेको छ ।
उक्त कार्यक्रममा शर्माले अफ्ट्यारो र प्रतिकुल परिस्थितिमा पनि फोहोर संकलन कार्य सम्पन्न गर्ने अभियानमा संग्लग्न सबैमा धन्यबाद दिनुभयो ।
सन् २०१९मा शुरु गरिएको स्वच्छ हिमाल अभियानले विभिन्न हिमालबाट करिब १९० टन फोहोर सङ्कलन गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्