हेवा नदीमा बेपत्ता भएका पाँच जनाको सनाखत

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 18, 2023 18-Jun-2023, Sun
1 Min Read
Aa
हेवा खोला

पाँचथरको हेवा खोलामा डुबेर बेपत्ता भएका पाँचै जनाको सनाखत भएको छ । खोलाले जिल्लाको फिदिम गाउँपालिका र हिलिहाङ गाउँपालिकालाई जोडेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले उनीहरुको पहिचान हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय संजोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, फिदिम नगरपालिका–४ का २८ वर्षीय आशिष माझी र हिलिहाङ गाउँपालिका–७ की २५ वर्षीया अलिसा माझी रहेको जनाएको छ ।

तीमध्ये तामाङ, लिम्बु र राई नदीको पुल क्षेत्रबाट बगेर गएको र बाँकी दुई फिदिम–४ र हिलिहाङ–७ जोड्ने माजिटारको तमोर संगमबाट बगाएको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja