काठमाडौँमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । तीनै जनाले १५ वर्षीय बालिकालाई पटक-पटक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३७ वर्षीय रामचन्द्र तामाङ, ३६ वर्षीय मिङ्गा तामाङ र २६ वर्षीय अजय लिम्बु रहेका छन् । जानकारी अनुसार युवतीलाई जागिर दिन्छु भनी प्रलोभनमा पारेका थिए । युवती माघमा संखुवासभास्थित घरबाट भागेकी थिइन् ।
बालिका आहिले गर्भवती रहेको प्रहरीले जनाएको छ । तीनमध्ये को बुबा हो भनेर प्रहरीले डिएनए नमुना पठाएको छ ।
तिनै जनालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।


















प्रतिक्रिया दिनुहोस्