एसीसी यू–१६ इस्टर्न जोन कप : नेपाल सेमिफाइनलमा प्रवेश

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 28, 2023 28-Jun-2023, Wed
1 Min Read
Aa
नेपाल यु-१६

मलेसियामा जारी एसीसी यू–१६ इस्टर्न जोन कप क्रिकेट–२०२३ अन्तर्गत नेपालले थाइल्याण्डलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बाङ्गीमा भएको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई २२५ रनको ठूलो अन्तरले पछि पारेको थियो । प्रतियोगितामा दोस्रो हारसँगै थाइल्याण्ड समूह चरणबाटै बहिरीएको छ ।

आजको खेलमा नेपालले थाइल्याण्डलाई दिएको २७० रनको लक्ष्य १३ दशमलव २ ओभरमा मात्र ४४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्तोष यादवले पाँच, अशोक धामीले तीन र अभिषेक तिवारीले दुई विकेट लिए ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै मलेसिया र थाइल्याण्ड, हङकङ, सिंगापुर, माल्दिभ्स र इन्डोनेसिया छन् । नेपालले आफ्नो अन्तिम खेल आगामी शुक्रबार मलेसियासँग खेल्नेछ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja