एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले सिंगापुरलाई ९७ रनले पराजित गरेको छ ।
जितका लागि दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको सिंगापुर नेपालको दमदार बलिङको सामु ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।
नेपालका कार्तिक कामतले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।


















प्रतिक्रिया दिनुहोस्