ककनी गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न नदिने भन्दै फेरि आन्दोलन थालेका छन् ।
सरकार र काठमाडौं महानगरपालिकाबीच भएको सम्झौता एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापन बन्द गरेका छन् ।
उनीहरुले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनिबेसीको नाका अवरुद्ध गरेका हुन् । स्थानीयको अवरोधका कारण फोहोर फाल्ने ठाउँमा पुर्याउने सवारीसाधन सडकमै अलपत्र परेका छन् ।
काठमाडौं महानगरपालिकाको ल्याण्डफिल साइटका इन्चार्ज सरकारदीप श्रेष्ठले फोहोर बोक्ने करिब ५० सवारी साधनलाई स्थानीयले रोकेको बताए ।


















प्रतिक्रिया दिनुहोस्