बजेटमा सूचना दिनेलाई पुरस्कार घोषणा गरेपछि तस्करी भएको १०० किलो सुन बरामद : फिनमिन महत

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 24, 2023 24-Jul-2023, Mon
1 Min Read
Aa
FinMin Mahat

अर्थमन्त्री डा प्रकाशशरण महतले नयाँ बजेटमा सूचना दिनेलाई पुरस्कृत गर्ने व्यवस्थाका कारण ठूलो परिमाणमा सुन बरामद हुन सक्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा सय केजी सुन तस्करी प्रकरणबारे बोल्दै अर्थमन्त्री महतले बजेटमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेकाले १०० किलो सुन सफलतापूर्वक बरामद भएको दाबी गरे ।

‘पहिले सूचना दिनेलाई पुरस्कृत गर्ने व्यवस्था हटाइएको थियो, तर यसपटक भन्सार कार्यालयमा हुने अनियमितता हटाउन बजेटमा सूचना दिनेलाई पुरस्कृत गर्ने प्रस्ताव राखिएको छ, त्यसैले सुन बरामद गरिएको हो,’ अर्थमन्त्री महतले भने । उनले सुन तस्करी घटनाको जरासम्म पुगेर सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गरिने बताए ।

नेपाली कांग्रेसका नेता तथा सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको जवाफमा महतले शर्माले आफ्नो अस्पतालको स्वास्थ्य बीमाको रकम नपाएको भन्दै झुटो बोलेको आरोप लगाए ।

उनले अनियमितता, भ्रष्टाचार र गैरकानूनी गतिविधिको अन्त्य गरी सुशासन स्थापना गर्न सरकार कटिबद्ध रहेको र राज्यका हरेक अंगले दृढताका साथ काम गरिरहेको बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja