बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले आज बिहान हतियारसहित पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजादै गर्दा हस्तछेप गरेपछि स्थानीय र प्रहरीबीच भिडन्त भएको छ ।
स्रोतका अनुसार ठुलो सन्ख्यामा आएका स्थानिय पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् ।
दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउन्ड हवाई फायर समेत गरेको छ ।


















प्रतिक्रिया दिनुहोस्