विश्व आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 9, 2023 09-Aug-2023, Wed
1 Min Read
Aa
wishw aadhiwasi janajaati diwash

विश्व आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसको अवसरमा भृकुटीमण्डपमा भेला भएका आदिवासी जनजातिले राजधानीको भृकुटीमण्डपदेखि माइतीघर मण्डलासम्म र्‍याली निकालेका थिए । र्‍यालीमा विभिन्न जनजाति समुदायका सयौं व्यक्तिको सहभागिता रहेको थियो ।

यस अवसरमा आदिवासी जनजाति आयोगले आज बानेश्वरमा एक कार्यक्रमको आयोजना गरेको छ ।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले पनि आज दिउँसो नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ ।

२३ डिसेम्बर १९९४ मा, संयुक्त राष्ट्र संघको महासभाले आफ्नो प्रस्ताव ४९/२१४ मा प्रत्येक वर्ष अगस्ट ९ मा विश्व आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउने निर्णय गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja