हर्क साम्पाङमाथि दुर्व्यबहार, घर भत्काएर देखाउन चुनौती

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 22, 2023 22-Aug-2023, Tue
1 Min Read
Aa
हर्क सम्पाङ्ग

सर्दु जलधारा क्षेत्रमा पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथि दुर्व्यबहार भएको छ ।

केही समयअघि सोही क्षेत्रमा वृक्षारोपण गर्दा ठुलो विवाद परेका जग्गा मालिक रोशन अधिकारी र रेजिना अधिकारीसँग फेरी विवाद हुँदा साम्पाङमाथि दुर्व्यबहार भएको हो ।

अदालतको पूर्ण फैसला नाउन्जेल आफ्नो जग्गामा अरुले टेक्न पनि नपाउने अधिकारी परिवारको भनाइ छ भने आफुहरुको घर भत्काएर देखाउन हर्क साम्पाङलाई चुनौती पनि दिएका छन ।

यसअघि जग्गालाई लिएर विवाद भएपछि अधिकारी परिवारले मुद्दा नै हालेको थियो । जहाँ उच्च अदालत विराटनगरले हर्क साम्पाङलाई सर्दु जलधारा क्षेत्रमा रहेको व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा पसेर वृक्षारोपण नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja