पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय निलम्बन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 29, 2023 29-Aug-2023, Tue
1 Min Read
Aa
इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजाय मंगलबार इस्लामावादको उच्च अदालतले निलम्बन गरिदिएको छ ।

सरकारी सम्पत्ति बेचबिखन गर्ने क्रममा भ्रस्टचार गरेको भन्दै इस्लामावादको ट्रायल कोर्टले उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो जुन फैसला उच्च अदालतले निलम्बन गरेको हो ।

अदालतले उनलाई धरौटीमा रिहा गर्न पनि आदेश दिएको थियो तर उनीमाथी अरू विभिन्न मुद्दा पनि चलिरहेका कारण इमरान तत्काल जेलमुक्त भने हुन सकेनन।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja