प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका छन् ।
उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन् ।
सोमबार एसिया कपअन्तर्गत भारतविरूद्धको खेलपछि उनले राम्रो खेलेका खेलाडीलाई मेडल लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए र नेपाली खेलाडीलाई मेडल लगाउन दिए । जहाँ भारतीय प्रशिक्षक राहुल द्रविडको पनि उपस्थिती थिए ।


















प्रतिक्रिया दिनुहोस्