सिंगापुर एयरलाइन्सको बोइङ ७८७–१० ड्रिमलाइनर विमान काठमाडौं उड्दै

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 8, 2023 08-Sep-2023, Fri
1 Min Read
Aa
singapour air

सिंगापुर एयरलाइन्सले सेप्टेम्बर २९ देखि नोभेम्बर ३० सम्म काठमाडौंमा बोइङ ७८७–१० ड्रिमलाइनर विमान उडान गर्ने भएको छ ।

बोइङ ७८७–१० ड्रिमलाइनर विमानले सिंगापुर र काठमाडौं बीचको सात साप्ताहिक उडानमध्ये दुईवटा सिङ्गापुर एयरलाइन्स सञ्चालन गर्नेछ । बोइङ ७८७–१० ड्रिमलाइनर मंगलबार र शुक्रबार काठमाडौं उड्नेछ ।

चाडपर्वको समयमा नेपालीहरुले सहज रुपमा नेपाल आउन र बाहिर जान सक्ने गरी एयरलाइन्सले यस्तो गरेको हो ।

सिङ्गापुर एयरलाइन्सको बोइङ ७८७–१० ड्रिमलाइनरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सिट क्षमताका हिसाबले सबैभन्दा ठूलो विमानको उपाधि प्राप्त गर्नेछ । यसमा ३६ बिजनेस क्लास सिट र ३०१ इकोनोमी क्लास सिट हुनेछन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja