पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 12, 2023 12-Sep-2023, Tue
1 Min Read
Aa
सुवाश चन्द्र नेम्बाङ

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार राति निधन भएको छ । उहाँ ७० वर्षको हुनुहुन्थ्यो।

स्रोतका अनुसार नेम्वाङको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएको थियो । उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको स्रोतले बताएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत नेताहरु महाराजगञ्जस्थित अस्पताल पुगेका छन् ।

नेम्बाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि एमाले पार्टी कार्यालय च्यासलमा राखिने जानकारी प्राप्त भएको छ ।

नेम्वाङले सन् २००७ मा पुनर्बहाली भएको प्रतिनिधिसभाको सभामुखको रुपमा काम गरेका थिए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja