मन्थली–लुक्ला उडान सुरु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 25, 2023 25-Sep-2023, Mon
1 Min Read
Aa
manthali lukla airport

पदयात्राको सिजन सुरु भएसँगै आइतबारदेखि मन्थली–लुक्ला उडान सुरु भएको छ ।

रामेछापको मन्थली विमानस्थलबाट आइतबार तारा एयर, समिट एयर र सीता एयरले विदेशी पर्यटकको उडान भरेका थिए ।

पर्यटकीय सिजनमा काठमाडौं विमानस्थलमा हवाइ चहलपहल बढेपछि तीनवटै वायुसेवा कम्पनीले आफ्नो उडान मन्थलीमा सारेका छन् ।

अहिले एयरलाइन्स कम्पनीले पर्यटकलाई बसमा मन्थली पु¥याउने र त्यसपछि विमानबाट लुक्लासम्म पुर्‍याउने गरेका छन् ।

यो वर्ष पर्यटकीय सिजन सुरु भएकाले मौसम अनुकूल रहेमा वायुसेवा कम्पनीहरूले बढीभन्दा बढी उडान गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं नजिकै अवस्थित मन्थली विमानस्थल पूर्वी क्षेत्रमा इन्धन भर्ने सेवाले सुसज्जित र विमानहरूका लागि आपत्कालीन अवतरण स्थलको रूपमा तोकिएको एकमात्र विमानस्थल हो ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja