एकै दिनमा ८ विश्वकीर्तिमान राख्न सफल : नेपाली क्रिकेट टिम

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 27, 2023 27-Sep-2023, Wed
1 Min Read
Aa
nepali cricket team

चीनको हाङ्जाओमा जारी एसियाली खेलकुद क्रिकेट च्याम्पियनसिपमा नेपालको पुरुष क्रिकेट टोलीले इतिहासमा आफ्नो नाम कोरेका छन् । नेपालले उत्कृस्ट प्रदर्शन गर्दै धेरै रेकर्डहरू चकनाचूर गरे ।

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा नेपालले यी ८ विश्वकीर्तिमान कायम गर्न सफल रहेको छ ।

१. सर्वाधिक ठुलो अन्तरको जित – २७३ रन

२. सर्वाधिक ठुलो टिम स्कोर – ३१४ रन

३. सर्वाधिक छिटो सतक – कुशल मल्लद्वारा ३४ बलमा

४. सर्वाधिक छिटो अर्धसतक – दिपेन्द्रसिंह ऎरीद्वारा ९ बलमा

५. पहिलो ६ बलमा ६ छक्का – दिपेन्द्रसिंह ऎरीद्वारा १८ औं र १९ औं ओभरमा

६. तेस्रो नम्बरमा सर्वाधिक रन – कुशल मल्लद्वारा १३७ रन

७. तेस्रो विकेटका लागि सर्वाधिक ठुलो साझेदारी – कुशल मल्ल र रोहित पौडेल बीच १९३ रन

८. एउटै म्याचमा सर्वाधिक छक्का – कुशल, दिपेन्द्र र रोहितले हने २६ छक्का

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja