इजरायलबाट नेपालीको उद्धार गर्न सरकारले दुई वटा विमान तयार राखेको छ : मन्त्री साउद

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 10, 2023 10-Oct-2023, Tue
1 Min Read
Aa
meeting for rescue

सरकारले हाल इजरायलमा रहेका नेपालीलाई उद्दारका लागि पहल थालेको छ भने उद्धारका लागि दुईवटा विमान तयार राखिएको छ ।

प्रतिनिधिसभाको आज बसेको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले तयारी गरिरहेको बताए ।

उनले इजरायलबाट हालसम्म २ सय नेपालीले स्वदेश फर्कन निवेदन दिएको पनि बैठकमा उल्लेख गरे ।

मन्त्री साउदले इजरायलमा ४५०० हेरचाहकर्ता र २६५ विद्यार्थी रहेका बेला दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको मृत्यु भएको, चार जनाको उपचार भइरहेको र एक जनाको अवस्था भने अज्ञात रहेको बताए ।

५५ विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै उनले उत्तरी क्षेत्रका विद्यार्थीलाई बंकरमा राख्ने व्यवस्था मिलाइएको पनि बैठकमा बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja