उदयपुरमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक रोशन थापाका अनुसार धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको जिप बिहीबार बिहान ११ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ मा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जीपमा जम्मा १५ जना यात्रु रहेको स्रोतले बताएको छ ।


















प्रतिक्रिया दिनुहोस्