चितवन समाजमा खेम राज शर्मा अध्यक्ष्य पदमा निर्बाचित !

Gopi Krishna Limbu
Gopi Krishna Limbu July 28, 2024 28-Jul-2024, Sun
3 Min Read
Aa

चितवन समाज युके को दोस्रो अधिबेशन गत ७ जुलाई लण्डनको चाल्टन शहरमा भव्यताका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्ष्यता समाजका सस्थापक एबम निवर्तमान अध्यक्ष्य सालिकराम सप्कोतकोटाज्युले गर्नु भएको थियो भने प्रमुख अतिथि श्रीधर लामिछाने रहनु भएको थियो। अथितिहरु क्रमस :दाशुराम पाण्डे, होमनाथ पौडेल,फडिन्द्र भट्टराई, फूल प्रसाद कंडेल,नबिन सापकोटा, केदार थपालिया, सरिता शर्मा र सुरज केसी उपस्थित हुनु भएको थियो। कार्यक्रममा नेपाल बाट पाल्नु भएका कलाकार हरु: राजु ढकाल र सपना गाहा मगरको उपस्थिती थियो र उहाहरुले आ-आफ्नो प्रस्तुति पनि पस्किनु भएको थियो।

अधिबेशनको दोस्रो सत्र संचालन को प्रयोजनको निमित्त निर्बाचन समिति गठन गरिएको थियो।निर्वाचन समितिमा सम्योजक राजेन्द्र खरेल र सदस्यहरुमा आनन्द धरेल र नयन सापकोटा रहनु भएको थियो | तेस्तै गोपनियता को सफत सम्रक्षक शान्ता बिनोद लामिछाने ज्युले गराउनु भएको थियो 

स्थापनाकालको २ बर्षको छोटो अवधिमा प्रशंशनीय र उदाहरणिय मानबिय र राहत कार्यहरु गर्न सफल र सक्षम चितवन समाज युकेको दोश्रो अधिबेशनबाट खेम शर्माज्यु नया कार्य समितिको अधक्ष्य पदमा निर्बिरोध निर्बाचित हुनु भएको छ भने उन्हाको नेतृत्वमा २३ जनाको तपसिल बमोजिमको नया कार्य समिति गठन भएको छ।

नव निर्बाचित आध्यक्ष्य खेम शर्मा ज्युले चितवन समाज युकेलाइ यो अवस्था सम्म ल्याउन को निम्ति अहो रात्र लागि पर्नु भएका सस्थापक अध्यक्ष्य सालिकराम सापकोटा लगायत सम्पूर्ण पूर्व समितिलाई हार्दिक धन्यवाद सहित आभार प्रकट गर्नु भएको थियो । साथै कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरु, सहभागीहरु, निर्बाचन समिति , कलाकार एबं पत्रकार लगायत सम्पूर्ण सहयोगीहरुला धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

सस्थापक अधक्ष्य सालिकराम सापकोटाले नव निर्बाचित कार्य समितिलाई बधाई दिनुहुँदै, सफल कार्यकालको सुभकामना दिनु भएको थियो। साथै नया समितिले आगामी दिनमा समाजलाई अझ यो भन्दा मजबुत, एकताबद्द एबम थप उचाइ मा पुर्याउन महत्वपुर्ण भूमिका निर्बाह गर्नु हुनेछ भन्ने विश्वास रहेको कुरा ब्यक्त गर्नु भएको थियो।

चितवन समाज युकेको नया कार्यसमिति नामावली :
२०२४-२०२६
अध्यक्ष
खेम शर्मा

उपाध्यक्ष
डिल्ली लामिछाने
नारायणी लामिछाने
तारा अर्याल

क्षेत्रिय सम्योजक
लन्डन सम्योजक झलक सुबेदी
मिडल्यान्ड सम्योजक महेन्द्र सापकोटा
स्कटल्यान्ड सम्योजक गोपाल सापकोटा

महासचिब
बाबुराम ढकाल

सचिब
राम सुबेदी
राम चन्द्र शर्मा पौडेल

कोषाध्यक्ष
खिमानन्द कंडेल

सह कोषाध्यक्ष
प्रताप अधिकारी

महिला सम्योजक
दुर्गा सिलवाल पाठक

युवा सम्योजक
प्राशन्त कंडेल

प्रबक्ता
नयन सापकोटा

सदस्य
हरी प्रसाद शर्मा
दीर्घ राज पौडेल
दिपक भट्टराई
नारायण कंडेल
देवकी सापकोटा कंडेल
नवीन सापकोटा
विश्वराज सेढाईं
बसन्त गौतम
इस्वर चौधरी
सिता न्यूरे

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja