तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लाको सिमानामा पर्ने मेन्छ्यायेमको अत्यन्तै अनौठो र रहस्यमय कथा छ, जुन सुनेर सबै चकित पर्दछन । यो पुर्बी नेपाको अत्यन्तै सुन्दर र लोकप्रिय ठाउँ हो । यो पूर्वको पर्यटकीय र घार्मीक महत्व बोकेको अत्यन्तै लोभलाग्दो ठाउँ हो ।
निकट भविश्यमै यो ठाउँमा अत्यन्तै सुन्दर र महत्वपूर्ण संरचनाहरु पनि बन्दै छ । जस्ले यस्को महत्वलाई अझ उजागर गरिदिने छ । नयाँ बर्षको समयमा यो ठाउँमा अन्तरिक अथवा बाहीय पर्यटकहरुको थामी नसक्नुको भिड लाग्ने गर्दछ जुन समयमा लालीगुराँस ढकमक्क फुल्ने भएकोले मानिसहरुको ओइरो लाग्ने गरेको हो ।
यो तीनजुरे र मेन्छ्यायेमको रेञ्ज लाली गुराँसको राजधानी भनेर पनि प्रख्यात छ । नेपाल अधिराज्यको सबै भन्दा धेरै गुराँसको प्रकार यहि ठाउँमा पाइने अनुसन्धान कर्ताहरुले बताएका छन् । मेन्छ्यायेम संगै अत्यन्तै सुन्दर गुफा पोखरी पनि रहेको छ । जहाँ सुविधा सम्पन्न होटलहरु रहेको सानो गुफा बजार पनि भेटिने छ ।
यो निकै अग्लो ठाउँ भएकोले यहाँबाट नेपालको धेरै जिल्लाहरुका साथै तराई र दार्जेलीङ पनि स्पष्ट देखिने मानिसहरुले बताएका छन । यसलाई पूर्वको सुर्यदय र सुर्यअस्त हेर्नको निम्ति निकै उपयुक्त ठाउँ भनेर पनि चिनेने गरिन्छ ।
हामीले यस क्षेत्रमा पुगेर यो क्षेत्रको अत्यन्तै मनमोहक र सुन्दर दृश्यहरु हाम्रो क्यामेरामा कैद गर्नुका साथै स्थानीय बुद्धिजिबी खगेन्द्र चोङबाङसंग रहस्यमय कथाको साथमा बिस्तृत कुराकानी पनि गरेका छौ उक्त भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

















प्रतिक्रिया दिनुहोस्