गृहमन्त्री रमेश लेखकद्वारा प्रहरीका आइजिपीलाई गम्भीर छानबिन गर्न निर्देशन

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 16, 2024 16-Aug-2024, Fri
1 Min Read
Aa
ramesh lekhak

भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको दुर्घटनामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनाको समय ट्राफिक प्रहरीहरू नजिकै खडा थिए, तर ट्रकको चालक भाग्न सफल भएको र ट्राफिक प्रहरीहरूले समयमै स्कुटर चालकलाई उद्धार गर्न सकेनन्।

घटनामा परेका शवको अवस्था विकृत भएको भन्दै प्रारम्भमा शव महिलाको भएको संकास्पद थियो। पछि, कागजातहरूको विश्लेषणपछि मृतकको पहिचान ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला भएको पुष्टि भएको छ।

घटनाबारे गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका आइजिपीलाई गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। प्रहरीको कार्यशैली र दुर्घटना व्यवस्थापनमा सुधार आवश्यकतामा जोड दिइएको छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja