स्कटल्यान्डसँग रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 9, 2025 09-Jun-2025, Mon
1 Min Read
Aa
khelkud

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेलमा नेपाल २ रनले पराजित भएको छ।

फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ६ विकेटको क्षतिमा ३२३ रन बनायो। रिची बेरिङ्टनले १०२ तथा माइकल लिस्कले अविजित ९६ रन जोडे।

३२४ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमै समेटियो। भीम सार्कीले ७३, दीपेन्द्रसिंह ऐरीले ५६ र सोमपाल कामीले ६७ रनको योगदान दिए।

नेपालका बलर करण केसी र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja