सहकारी पीडितको आवाज : कुशलभ केसीलाई मन्त्री बनाउन माग तीव्र

Gopi Krishna Limbu
Gopi Krishna Limbu October 28, 2025 28-Oct-2025, Tue
1 Min Read
Aa
kuslav

देशभर सहकारी निक्षेपकर्ताको समस्या गहिरिँदै जाँदा, सहकारी पीडितहरूले अब बन्न लागिरहेको जेन्जी नेतृत्वको सरकारसँग प्रत्यक्ष प्रतिनिधित्वको माग गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) का अध्यक्ष कुशलभ केसी आन्दोलनको अग्रपंक्तिमा रहँदै भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन्। पीडितहरूले सहकारी संकट बुझ्ने व्यक्ति केसीलाई नै सहकारी मन्त्रालयको जिम्मेवारी दिनुपर्ने माग तीव्र बनाएका छन्।

विगत तीन वर्षदेखि निरन्तर आन्दोलन गरिरहेका केसीका अनुसार सहकारी अपचलनका कारण देशभर ३६८ भन्दा बढी सहकारीहरू समस्याग्रस्त छन्, जसले हजारौं परिवारलाई आर्थिक संकटमा पारेका छन्।

आन्दोलनका क्रममा गोली लागेर घाइते भएका दीपकार जस्ता निक्षेपकर्ताहरूले पनि “समस्या बुझ्ने केसीलाई मन्त्री बनाए मात्रै समाधान सम्भव” भन्ने धारणा राखेका छन्।

सामाजिक सञ्जालदेखि सडकसम्म अहिले एउटै माग गुञ्जिरहेको छ —

कुशलभ केसीलाई सहकारी मन्त्री बनाऊ।”

विश्लेषकहरूका अनुसार, सहकारी क्षेत्रको सुधार जनपीडाको प्रतिनिधित्वमार्फत मात्र सम्भव छ, र त्यसका लागि ईमानदार नेता कुशलभ केसीजस्ता व्यक्तिलाई जिम्मेवारी दिनु आवश्यक छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja