एकीकृत समाजवादी पुनर्गठन– घनश्याम भुसाल संयोजकमा चयन

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 9, 2025 09-Nov-2025, Sun
1 Min Read
Aa
घन श्याम भुसाल ghana shyam bhusal

आन्तरिक एकता विवाद गहिरिँदै गएपछि विभाजित अवस्थामा पुगेको नेकपा एकीकृत समाजवादीको पुनर्गठन अभियानले नयाँ नेतृत्व संरचना तय गरेको छ। पुनर्गठन पक्षधर समूहले पूर्व महासचिव घनश्याम भुसाललाई पार्टी संयोजकका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।

शनिबार राति बसेको भर्चुअल (जुम) बैठकमा सहभागी ६७ जना केन्द्रीय सदस्यले भुसाललाई संयोजक तोक्ने प्रस्ताव अनुमोदन गरेका केन्द्रीय सदस्य अमृतसागर बस्नेतले जानकारी दिए।

बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न परिवर्तन नगरी यथावत राख्ने निर्णय लिएको छ। यद्यपि कानूनी प्रक्रिया र संसदीय व्यवस्था सम्बन्धी कुरालाई छुट्टै अध्ययन गरी आवश्यक कदम अघि बढाइनेछ।

पार्टी पुनर्संरचना सुदृढ बनाउन मंसिर महिनाभित्रै राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिएको छ। उक्त भेलाको मिति चाँडै सार्वजनिक गरिने बस्नेतले बताए।

नेता–कार्यकर्तामा देखिएको दुबिधा र अन्यौलता हटाउन सबै तहका जिम्मेवारी बाहकहरूले सक्रिय भूमिका खेल्ने उद्घोष सहित बैठक सकिएको बस्नेतको भनाइ छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja