अहिलेसम्मकै चम्किलो ब्ल्याकहोलबाट १० ट्रिलियन सूर्यजतिको ज्वाला

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 10, 2025 10-Nov-2025, Mon
1 Min Read
Aa
black whole

वैज्ञानिकहरूले १० ट्रिलियन सूर्यभन्दा बढी चम्किलो ज्वाला एक सुपरम्यासिभ ब्ल्याकहोलबाट निस्किएको पहिलोपटक स्पष्ट रूपमा चरितार्थ गरेका छन्। सन् २०१८ मा क्यालिफोर्नियास्थित पालोमार वेधशालाले तीन महिनासम्म लगातार देखेको यो तीव्र फ्लेयरको विवरण हालै Nature Astronomy मा प्रकाशित गरिएको हो।

शोधका अनुसार पृथ्वीबाट १० अर्ब प्रकाश वर्ष टाढा रहेको उक्त ब्ल्याकहोलको नजिक पुगेको एक विशाल तारा यसको शक्तिशाली गुरुत्वाकर्षणले च्यातिएर टाइडल डिसरप्सन इभेन्ट भएको थियो। ताराका टुक्रा तातिँदै अत्यधिक ऊर्जा र प्रकाश फैलिँदा इतिहासकै दुर्लभ र अत्यन्त चम्किलो ज्वाला बनेको वैज्ञानिकहरूले बताए।

यो खोजले ब्ल्याकहोलको संरचना, ग्यास डिस्कको व्यवहार र ब्रह्माण्डको प्रारम्भिक अवस्थाबारे बुझ्न महत्वपूर्ण संकेत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja