कोशी नामाकरणविरुद्ध सडक तताएका डकेन्द्रसिंह थेगिम अब कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। आन्दोलन कमजोर बन्दै गएपछि उनले बाटो बदल्दै पहिचानको एजेन्डा राजनीतिक रूपमा अघि बढाउने घोषणा गरेका छन्।
संयुक्त पहिचानवादी मोर्चाका सबै घटकसँग छलफलपछि पार्टीमा गएका थेगिम अब आन्दोलनको नेतृत्व सामाजिक संघसंस्थालाई हस्तान्तरण गर्ने तयारीमै छन्।
इलाम उपनिर्वाचनमा हर्क साम्पाङसँग घनिष्ठता देखिए पनि साम्पाङले सल्लाहबिना पार्टी खोल्दा दूरी बढेको थियो। तर थेगिम भन्छन्—“कुलमान र हर्कजस्ता स्वच्छ छवि भएका नेताहरू मिलेर चुनावी मोर्चा बने पहिचानको मुद्दा फेरि उठ्छ।”


















प्रतिक्रिया दिनुहोस्