जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो उल्लेख्य रूपमा बढेको जनाएको छ। विभागका अनुसार उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको हो।
विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान ५ः४५ बजे कीर्तिपुरको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तापक्रम ३.७ डिग्री सेल्सियस रहेको थियो।
ललितपुरको हात्तीबन र भक्तपुरको नगरकोटमा तापक्रम २.८ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ। बढ्दो चिसोका कारण उपत्यकावासीलाई आवश्यक सतर्कता अपनाउनसमेत मौसमविद्हरूले सुझाव दिएका छन्।


















प्रतिक्रिया दिनुहोस्