साहुले लुटेको गाउँ, वर्तमान समाजको चित्रण गरिएको एउटा जिवन्त उदाहरण

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 18, 2026 18-Aug-2026, Tue
2 Min Read
Aa
saaule luteko gaun

“श्रीमतीको उपचारका लागि लिएको ऋण, श्रीमती बितिसक्दा पनि सकिएन। साहुको ऋणको भारीले थिचिएका ७० वर्षीय बाले अन्ततः आफ्नो मिर्गौला बेचेर भए पनि ऋण तिर्ने निर्णय गरे। तर बाबुको यस्तो अवस्था थाहा पाएपछि विदेश जाने तयारीमा रहेका छोराले आफ्नो जीवनकै सबैभन्दा ठूलो निर्णय लियो—ऊ अब विदेश नजाने भयो।”

साहुको ऋणले थिचिएको एउटा परिवार। एउटा सानो गाउँ। गाउँको कुनामा रहेको पुरानो घरमा बस्छन् ७० वर्षीय बाबु र उनका छोरा। केही वर्षअघि बाकी श्रीमती गम्भीर बिरामी परिन्। उपचारका लागि घरमा भएको सबै सम्पत्ति सकियो। खेतबारी बेच्ने अवस्था आयो। तर पनि उपचार खर्च पुगेन। त्यसपछि बाध्य भएर उनले गाउँकै साहुसँग ऋण लिए।

बाबुको एउटै आशा थियो— “श्रीमती निको भएपछि जसरी पनि ऋण तिर्छु।” तर नियतिलाई अर्कै कुरा मंजुर थियो। धेरै उपचार गर्दा पनि श्रीमतीलाई बचाउन सकिएन। उनी संसारबाट बिदा भइन्। श्रीमती गुमाएको पीडा एकातिर थियो, अर्कोतिर टाउकोमाथि बढ्दै गएको साहुको ऋण। मरेकी श्रीमतीको नाममा पनि ऋणको हिसाब समय बित्दै गयो। तर साहुले भने बाबुलाई छोडेन।

हरेक महिना ब्याज थपिँदै गयो। ऋणको रकम बढ्दै गयो। बाबुले पटक–पटक साहुसँग भने, “साहुजी, मेरी श्रीमती पनि रहिनन्। घरमा कमाउने मान्छे छैन। अलिकति समय दिनुस्।” तर साहुको एउटै जवाफ हुन्थ्यो— “मलाई पैसा चाहिन्छ, तिम्रो पीडा होइन।” दिनप्रतिदिन बढ्दै गएको ऋणले बूढो बाबुलाई भित्रभित्रै खाइरहेको थियो। अन्ततः बाले छोरालाई थाहा नदिई आफ्नो मृगौला बेचेर साहुको ऋण तिरे।

छोराको सपना भने विदेश जाने थियो उनले बाबासंग विदेश जाने जिद्दी गर्यो बाबाले पनि आफ्नो वृतान्त नसुनाई भएन सबै सुनाए बाबाको यो अवस्था देखेर छोराको मन फर्कियो आफ्नो घरबारीमा मेहनत गर्ने र बाबालाई सहयोग गर्ने सोचेर विदेश नजाने निर्णय लिन्छन। यस्को पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja