अब वैधानिकीकरण गर्न र व्यक्तिगत श्रम स्वीकृति लिन सहज

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 5, 2022 05-May-2022, Thu
1 Min Read
Aa

काठमाण्डौ – नयाँ व्यक्तिगत र वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन अब श्रमिक स्वयमले आवश्यक कागजात वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा ( एफइआइएमस) अपलोड गर्न सक्ने व्यवस्था भएको छ ।

यसअघि व्यक्तिगत नयाँ श्रम स्वीकृति लिन वा वैधानिकीकरण गर्न दूतावासबाट र सम्बन्धित कम्पनीबाट भिसा, करार सम्झौता लगायतका कागजात श्रम कार्यालय ताहाचलमा सिधै पठाउँदै आएकोमा अब भने यस्ता कागजात श्रमिकलाई पठाउन पर्ने र श्रमिकले नै सिस्टममा अपलोड गरी श्रम स्वीकृति लिन सक्ने व्यवस्था भएको हो ।

कतार, यूएई, कुवेत, रोमानिया, पोल्याण्ड, क्रोसिया, माल्दोभा, अल्वनिय, हङ्गेरी, स्लोभाकिया र वेलारुसका लागि नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण गर्न दूतावासबाट र अन्य देशका हकमा कम्पनीबाट करार सम्झौता, भिसा लगायतका कागजात वैदेशिक रोजगार विभाग ताहाचल कार्यालयको इमेल ठेगानामा पठाउनु पर्ने व्यवस्था थियो ।

तर वैशाख २२ अर्थात् आजदेखि भने दूतावास वा कम्पनीले सम्बन्धित श्रमिककै इमेल ठेगानामा यस्ता कागजात पठाउन पर्ने छ । श्रमिकको इमेल ठेगानामा कागजात पठाउँदा कार्यालयको इमेल ठेगाना लभधभिन२ाभय।नयख।लउ मा कपी(सीसी) गर्नु पर्नेछ ।

यसरी इमेलमार्फत प्राप्त भएको कागजात श्रमिकले प्रिन्ट गरी वैदेशिक रोजगार विभागको एफइआइएमसमा अपलोड गरी श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।साभार उज्यालो अनलाईन

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja