भेनेजुएलामा ‘ठूलो सैन्य आक्रमण’ मदुरो पक्राउ परेको ट्रम्पको दाबी

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 4, 2026 04-Jan-2026, Sun
1 Min Read
Aa
Trump News

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले पक्राउ गरेको दाबी गरेका छन्।

ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाले भेनेजुएलामाथि “ठूलो स्तरको सैन्य कारबाही” गरेको उल्लेख गर्दै मदुरो दम्पतीलाई हेलिकप्टरमार्फत भेनेजुएलाबाट बाहिर निकालिएको र हाल न्यूयोर्कतर्फ लैजाँदै गरिएको दाबी गरेका हुन्।

यस विषयमा थप स्पष्ट पार्न ट्रम्पले नेपाली समयअनुसार शनिबार राति साढे १० बजे राष्ट्रका नाममा सम्बोधन गरेको बताएका छन्। तर ट्रम्पको उक्त दाबीबारे अमेरिकी रक्षा मन्त्रालय, ह्वाइट हाउस वा अन्य कुनै आधिकारिक अमेरिकी निकायले पुष्टि गरेका छैनन्।

भेनेजुएलाका सरकारी निकाय तथा राष्ट्रपतिका कार्यालयबाट पनि मदुरो पक्राउ परेको वा अमेरिकी सैन्य कारबाही भएको विषयमा कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत स्वतन्त्र रूपमा यस्ता दाबीको पुष्टि गर्न नसकेको जनाएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर असर पार्न सक्ने यस्ता घटनाबारे आधिकारिक पुष्टि नआएसम्म ट्रम्पको भनाइलाई दाबीको रूपमा मात्र लिनुपर्ने विज्ञहरूको भनाइ छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja