योजनाबद्ध घटना भएको दाबी, सेना परिचालन गर्न नपाएको ओलीको बयान

Gopi Krishna Limbu
Gopi Krishna Limbu January 5, 2026 05-Jan-2026, Mon
1 Min Read
Aa
oli bayan

२४ भदौको अवस्था नियन्त्रणमा लिन आफूले नेपाली सेना परिचालन गर्न चाहेको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष आइतबार लिखित बयान दिँदै उनले यस्तो खुलासा गरेका हुन्।

ओलीले बिनाकुनै योजना एकै पटक र छोटो समयमा यति ठूलो क्षति पुर्‍याउन सम्भव नहुने उल्लेख गर्दै उक्त घटना योजनाबद्ध रहेको दाबी गरेका छन्। साथै, आफूले सुरक्षा निकायबाट अपेक्षित र भरपर्दो सहयोग नपाएको पनि उनले बयानमा उल्लेख गरेका छन्।

‘२४ भदौको अवस्था नियन्त्रणमा लिन मैले नेपाली सेना परिचालन गर्न चाहेको थिएँ, तर त्यो सम्भव भएन,’ ओलीको लिखित बयानमा उल्लेख छ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja