२ महिनाभित्रै विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा : अध्यक्ष हमाल

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 6, 2022 06-May-2022, Fri
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए ।

बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेको छु, म केही गर्न आएको हो ।’

नेपाल उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा उनले बुक विल्डिङलाई अब अगाडि बढाइने समेत बताए । पारदर्शितामा कसैले भन्ने ठाउँ बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताए ।

यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो । बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुख नै सर्वोत्तम को सेयर खरिद प्रकरणमा मुछिएपछि बुक बिल्डिङ प्रक्रिया नै अलपत्र छ । त्यसतर्फ संकेत गर्दै अध्यक्ष हमालले भने, ‘हामी चाहान्छौँ अब पहिलो बुक बिल्डिङमा पारदर्शिताको प्रश्नै आउनु हुँदैन, रियल सेक्टरलाई हामी ल्याउछौँ ।’

आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताए । प्रधानमन्त्री र अर्थमन्त्री समेत बजारको विकासका विषयमा सकारात्मक रहेकोले काम गर्न आफूलाई सहज रहेको समेत उनले बताए ।साभार अनलाईन खबर

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja