गभर्नरलाई लगानीकर्ताको ४ बुँदे माग, ‘माग पुरा गर्न राष्ट्र बैंक सकारात्मक’

Gopi Krishna Limbu
Gopi Krishna Limbu May 18, 2022 18-May-2022, Wed
2 Min Read
Aa

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर लगानीकर्ताहरूले ४ बुँदे माग बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल र शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले गभर्नर समक्ष ४ बुँदे माग पेश गरेका हुन् ।

सेयर बजारमा करिब १३ अर्बकाे नाेक्सानीले लगानीकर्ताको मनोबल घटेकाे तथा लगानीकर्ताहरू अत्यन्त मर्माहत र दुखी भएका भन्दै गभर्नरसँग ४ बुँदे माग तत्काल पुरा गर्न विज्ञप्ति मार्फत् अनुराेध गरिएकाे छ ।

राष्ट्र बैंक उक्त मागहरू पुरा गर्न सकारात्मक रहेकाे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकालले अर्थ संसारलाई बताए । उनका अनुसार राष्ट्र बैंकले उक्त मागहरूकाे बारेमा अध्ययन गरी के गर्न सकिन्छ साेही अनुसार अगाडि बढ्ने बताएकाे छ ।  

४ बुँदे माग यस प्रकारका छन् :

१. ४ करोड एउटा बैंक र १२ करोडसम्मको शेयर कर्जा ॠणको सिमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई नेपाल राष्ट्र बैंकबाट फिर्ता लिने व्यवस्थाको लागि अनरोध गर्दछौँ ।

२. आर्थिक वर्ष २०७९/८० को साउन१ गतेदेखि शेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

३.मर्जर र एक्विजीसनले शेयर कारोबार रोकिँदा आम लगानीकर्ताको चल अचल सम्पति बन्धक भई नोक्सानी र राज्यले पाउने राजश्वमा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा उक्त कार्य हाल बैंक तथा वित्तिय संस्थाले वार्षिक साधारण सभाको लागि दाखिला खारेज गर्ने व्यवस्था गरे जस्तै गरि केही सिमित अवधिको लागि मात्र कारोबार रोक्का रहने व्यवस्थाको लागि अनुरोध गर्दछौं।

४ देशमा विद्यमान तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना भएकोले नेपाल राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरियोस्।

विज्ञप्ति हेर्नुहाेस् : 

6284d112b9398.jpg
Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja