चन्द्र गुरुङको “जब एउटा मान्छे हराउँछ” कविता संग्रह सार्बजनिक

Gopi Krishna Limbu
Gopi Krishna Limbu June 11, 2022 11-Jun-2022, Sat
1 Min Read
Aa
chandra gurung

कवि चन्द्र गुरुङको दोस्रो कवितासंग्रह ‘जब एउटा मान्छे हराउँछ’ सार्वजनिक भएको छ । शिल्पी थिएटरमा आइतबार कवि श्रवण मुकारुङ, बिन्दु शर्मा र राजकुमार बानियाँले संग्रह सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै समीक्षक बिन्दु शर्माले चन्द्र गुरुङका कविता सरल र गहिरो भाव व्यक्त गर्न सफल रहेको बताइन् । ‘गुरुङका कविता सरल शब्दशैलीको भए पनि त्यसले दिने भाव गहिरो छ । उनका कविताले आफैंसँग संलाप गरिरहेजस्तो लाग्छ’, शर्माले भनिन् ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja