प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते हुने निर्णय गरेसंगै मतदाता नामावली संकलन स्थगित

Gopi Krishna Limbu
Gopi Krishna Limbu August 5, 2022 05-Aug-2022, Fri
1 Min Read
Aa
निर्वाचन आयोग

सरकारले निर्वचनको मिती आगामी मंसिर ४ गते घोषणा गरे संगै निर्वाचन आयोगले साउन २० गतेबाट  मतदाता नामावली संकलन स्थगित गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता  शालिग्राम शर्मा पौडेलले बताए अनुसार निर्वाचनको मिती घोषणा भएसंगै मतदान नामावली संकलन स्थगित भएको हो र अनलाइन फारम भरेर औंठा छाप र फोटो खिच्ने मिति निर्धारण भइसकेकाहरुको भने साउन २० र २१ गते सम्म समय दिएको बताएका छन् ।

आयोगका सूचना अधिकृत सुर्य प्रसाद अर्यालका अनुसार स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको हो । वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएको अर्यालले बताए ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja