नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा एकै दिनमा २०६ जना संक्रमित, ३ जनाको मृत्यु

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 2, 2022 02-Sep-2022, Fri
1 Min Read
Aa
corona TEST

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार पछिल्लो २४ घण्टामा २८६९ जनाको परिक्षण गर्दा २०६ जना संक्रमित पुष्टि भएको छ ।

मन्त्रालयले जानकारी दिए अनुसार कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टा भित्र ३ जनाको मृत्यु भएको छ । थप कोरोना संक्रमित संगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या २८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणबाट मुक्त भएका छन् । थप कोरोना संक्रमण थपिए संगै कुल संक्रमितको संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja