थप उपचारको लागि डा. केसी काठमाडौँ नजाने

Gopi Krishna Limbu
Gopi Krishna Limbu September 20, 2022 20-Sep-2022, Tue
1 Min Read
Aa
डा. गोविन्द केसी

डा. गोविन्द केसी थप उपचारका लागि काठमाडौँ नजाने भएका छन् । उनि धनगडीमा अनसनरत भएर आफ्ना माग सरकारले सुनुवाई नगरेसम्म अनसनमा बस्ने भनेर अडान लिएका छन् ।

अनसन बस्ने क्रममा उनको स्वास्थ्यमा समस्या आएपछि उनि अस्पतालमा भर्ना भएका थिए । सरकारले उनको स्वास्थ्य समस्यालाईहेरी उनको थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाउने तैयारी गरेको थियो ।

जानकारी अनुसार उनको माग पुरा नभएसम्म उनि धनगडी नै बस्ने भनेर अडान राखेका छन् । स्रोतका अनुसार उनको दिनप्रतिदिन स्वास्थ्यमा समस्या आइरहेको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja