जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघ पर्साले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा वीरगञ्जमाप्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी हुनेहरुले ७ लाख नागरिकलाई नागरिकता बिहिन बनाउन पाईदैन भन्दै राष्ट्रपतिको राजिनामा मागेका छन् । प्रदर्शनकारीले टायर बालेर बिरोध प्रदर्शन गरेका थिए ।


















प्रतिक्रिया दिनुहोस्