नेपाली क्रिकेटर पुर्व कप्तान सन्दिप लामिछानेविरुद्दको मुद्दामा आज देखि थुनछेक वहस सुरु भएको छ । उनीमाथि एक १७ वर्षीय नाबालिकामाथि बलात्कार गरेको आरोपमा सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको थियो ।
स्रोतबाट जानकारी प्राप्त अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिए लगत्तै थुनछेक वहस हुने छ । एक १७ वर्षीय नाबालिकालाई होटल पुर्याएर जबर्जस्ति करणी गरेको कसुरमा लामिछाने गत असोज २० गते पक्राउ परेका थिए ।
गत भदौ ६ गतेको बिहान पिंग्लास्थानमा रहेको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २२ गते प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।
उजुरी पर्दा सन्दिप क्यारेबियन लिग खेल्न वेस्टइन्डिजमा थिए । उतैबात उनि अमेरिका पुगेका थिए र असोज २० गते फर्कदा उनलाई त्रिभुवन विमान स्थलमै पक्राउ गरेको थियो ।

















प्रतिक्रिया दिनुहोस्