नेपाल विद्युत प्राधिकरणले पोलमा अव्वस्थित झुण्डाइएका तारहरु व्यवस्थापन गर्न ४५ दिनको समय दिएको छ ।
विद्युत प्राधिकरणले मंगलबार सूचना जारि गर्दै प्राधिकरणको पोल प्रयोगगरी अव्यवस्थित तरिकाले तानिएका र अनावश्यक रुपमा झुण्डाइएका तारहरु तथा उपकरणहरु व्यवस्थापन गर्न भनिएको हो ।
अव्यवस्थित तारहरु टांगिएको कारण शहर कुरुप भएको, आगलागी तथा विद्युतीय दुर्घटना बढ्दै गएको भन्दै प्रधिकर्णले यस सूचना जारि गरेको छ ।
प्रधिकरणले जानकारी दिए अनुसार तोकिएको समय सम्ममा शुधार व्यवस्थापन नभएको खण्डमा प्राधिकरणले आफै तार हटाउने र स्वयम् आफै जिम्मेवारी हुने बताएको छ ।



















प्रतिक्रिया दिनुहोस्