निर्वाचनको प्रचार प्रशार गर्न सरकारी स्रोत र साधन प्रयोग गर्न रोक

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 2, 2022 02-Nov-2022, Wed
1 Min Read
Aa
निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी निर्वाचनको लागि नेपाल सरकार र प्रदेश सरकारको मन्त्रि वा स्थानीय पालिकाका पदाधिकारीहरु निर्वाचन प्रचार प्रशारमा संग्लग्न हुदा सरकारी स्रोत र साधन प्रयोग गर्न रोक लगाएको छ ।

उक्त कार्य पहिलो संशोधन आचारसंहिता विपरित हुने भएको कारण आगामी मंगसिरमा सम्पन्न हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउने उद्येश्य निर्वाचन आयोगको रहेको छ ।

सो व्यवस्थापन पालना गर्न गराउन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय मार्फत प्रदेश सरकारका मन्त्रीलाई निर्देशन दिएको स्रोतले बताएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja