श्रीलंकाली क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको हो ।
स्रोतका अनुसार एक २९ वर्षीय महिलाले आफु माथि दानुष्काले बलात्कार गरेको उजुरी दिएपछि उनि शनिबार पक्राउ परेका हुन् ।
क्रिकेटका समिक्षक रेक्स क्लेटेन्टाइनले सामाजिक संजाल मार्फत जानकारी दिए अनुसार दानुष्का तिन हप्ता अगाडी घाइते भएका थिए । उनको स्थानमा एशेन बन्दाराले खेलेका थिए । तरपनि टिम म्यानेजमेन्टले उनलाई अस्ट्रेलियामा टिमसंगै राखेको थियो ।
उनि माथि ति महिलाले आफ्नो सहमतिबिना चार पटक सम्म बलात्कार गरेको आरोप लगाएकी छिन् ।


















प्रतिक्रिया दिनुहोस्