सर्वोच्च अदालतले विश्वकप हेर्न दर्शकसंग अतिरिक्त शुल्क नलिन अल्पकालीन आदेश दिएको छ । मंगलबार बसेको इजलासले सो अन्तरिम आदेश निकालेको हो । यस मुद्दाको फैसाला यै कार्तिक २७ गते टुंगो लग्गने छ ।
विश्वकप फुटबल प्रतियोगिता नेपालबाट प्रशारण गर्न अधिकार पाएको मिडिया हब प्रालिले दर्शक संग थप ५ सय उठाउने निर्णय गरेकोमा रिट दायर भएको थियो ।
सर्वच्चले नेपालमा कुनै पनि कानुनले त्यसरी दर्शकलाई अतिरिक्त शुल्क लिन नपाउने भएकाले अल्पकालीन आदेश दिएको हो । यता मिडिया हबले भने सो अनुमति लिनका लागि ४० करोड बराबरको खर्च भएकाले सो शुल्क ल्याउने निर्णय गरेको बताउदै आएका छन् ।


















प्रतिक्रिया दिनुहोस्