झारफुक गर्ने भन्दै र्‍यापर हप्याकको मुखमा अगुल्ठो झोस्ने झाक्री पक्राउ

Gopi Krishna Limbu
Gopi Krishna Limbu November 13, 2022 13-Nov-2022, Sun
1 Min Read
Aa
arrested

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले र्‍याप गायक (मिलान्जंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्ठो झोस्ने झाक्रीलाई सुक्रबार नवलपरासीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने झाक्री ४२ वर्षीय दिपक सार्की हुन् । झाक्रीले अगुल्ठोले झोस्दा हप्याकको मुख र ओठ जलेको हुनाले हप्याकको परिवारले झाक्री विरुद्द उजुरी दिएका थिए ।

यापर हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ । जानकारी अनुसार अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।

Gopi Krishna Limbu

प्रतिक्रिया दिनुहोस्

Optimized with PageSpeed Ninja